छानविन समितिकाे निस्कर्ष : वामदेवले चुनाव हार्नुकाे कारण श्रीमती र छोरा !

छानविन समितिकाे निस्कर्ष : वामदेवले चुनाव हार्नुकाे कारण श्रीमती र छोरा !

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डु, १० पुस ।

एमाले उपाध्यक्ष वामदेव गौतम पराजित हुनुको कारण छानबिनका लागि गठित टोलीले  पराजयको कारण गाैतम आफैं प्रमुख दोषी रहेको निस्कर्ष निकालेको छ ।

 

छानविन समितिले वामदेव निर्वाचनमा पराजित हुनुमा उनी आफैं प्रमुख दोषी रहेको र स्थानीय अन्तरविरोधको समयमै पहिचान गरी समस्या समाधान गर्न नसक्नु पनि हारको कारण रहेको अध्ययनको ठहर छ । उपाध्यक्ष गौतम प्रतिनिधिसभा सदस्यमा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग बर्दिया–१ बाट पराजित भएका थिए ।

गौतमले आफ्नो हारका लागि अन्तरघात प्रमुख कारण रहेको भन्दै अन्तरघातीमाथि कारकाहीको माग गरेपछि एमालेले केन्द्रीय सदस्य वैजनाथ चौधरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले गौतमको पराजयको कारणबारे प्रतिवेदन तयार पारे पनि सार्वजनिक भने नगरिएको एमालेका एक नेताले जानकारी दिए । यद्यपि समितिलाई थप छानबिन गर्न निर्देशन आएको चौधरीले बताए ।

स्रोतका अनुसार छानबिन समितिले बामदेवले आफू प्रत्यक्षमा चुनाव लडेर श्रीमती तुलसा थापामगरलाई समानुपातिक उम्मेदवारको सूचीमा राख्नु, यसपटक आफूले जित्ने र अर्कोपटक सोही क्षेत्रबाट छोरा हरिसलाई उम्मेदवार बनाउने घोषणा गर्नु र चुनाव परिचालनमा जिल्लाका कार्यकर्तामाथि विश्वास नगरेर जिल्ला बाहिरकालाई ल्याएर हर्ताकर्ता बनाउनु, यसअघि निर्वाचन जितेर गएपछि जिल्ला नफर्कनु, जनताको सुखदुःखमा साथ नदिनुजस्ता कारणले चुनाव हारेको दाबी गरेको छ ।

यस्तै गौतमले निर्वाचन परिचालनका लागि भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दा मतदाता भड्किएको पनि छानबिन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ