काँग्रेसको समिक्षा बैठकमा कुटाकुट : ३ नेता घाइते, २ को अवस्था गम्भीर

काँग्रेसको समिक्षा बैठकमा कुटाकुट : ३ नेता घाइते, २ को अवस्था गम्भीर

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

१० पुस,स्याङ्जा । चुनावको समिक्षा गर्न बसेको नेपाली काँग्रेसको बैठकमा कुटाकुट भएको छ ।

नेपाली काँग्रेस स्याङ्जाको सोमबार चुनावको समिक्षा गर्न बैठक बसेको थियो । बैठकमा नेताहरुले अन्तरघात गरेको एक अर्कालाई लगाउँदा विवाद सुरु भएको हो । विवाद चर्किदै जाँदा नेताहँँरुबीच कुटाकुट भएको हो ।

कुटाकुट हुँदा जिल्ला नेता भेशराज अर्याल, कमल ढकाल र सुशील घाइते भएका छन्। गम्भीर घाइते भएका अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो।

स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।

कांग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ