ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने : प्रचण्ड

ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने : प्रचण्ड

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ , १० पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्साको ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने बताउनुभएको छ ।

ठोरी गाँउपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताउनुभयो । उहाँले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको वताउनुभयो ।

ठोरीका जनताले पटक पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए।

ठोरी गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाई छ।

प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने वताउनुभयो । उहाँले भन्नुभयो , ‘ त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ।’

चुनावको विजय जुलुसका लागि केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दावी छ । उहाँले ठोरी नाकालाई थप व्यवस्थित गर्नेसमेत प्रतिवद्धता जनाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ