अध्यादेश तुरुन्त जारी गर्न काँग्रेस भ्रातृसंस्थाको माग

अध्यादेश तुरुन्त जारी गर्न काँग्रेस भ्रातृसंस्थाको माग

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १० पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् । 

भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रतिनिधिसभा र प्रदेशसभाका साथै राष्ट्रियसभाको निर्वाचन गराउने दायित्व पनि वर्तमान सरकारको रहेको उल्लेख गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको अनिवार्य व्यवस्था संविधानमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभाको निर्वाचन नगरी प्रतिनिधिसभामा महिला सदस्यको संख्या यकिन हुन नसक्ने हुनाले तत्काल राष्ट्रियसभाको निर्वाचन गरेर मात्र प्रतिनिधिसभाले पूर्णता पाउनेछ ।”

अध्यक्ष रेग्मीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आममतदाता, सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, शिक्षक, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सरोकारवाला सबैलाई धन्यावाद दिनुभयो ।

संविधानमा राष्ट्रपतिको भूमिका आलंकारिक रुपमा मात्र रहेको तथा संविधानको पालना र संरक्षण राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने स्पष्ट व्यवस्था हँुदाहँुदै पनि परामर्शको बहानामा दुई महिनादेखि अध्यादेश जारी नहुनु दुःखद् भएको कार्यक्रममा विपरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महिला संघका अध्यक्ष रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रजातान्त्रिक कानूनी व्यवसायी संघका अध्यक्ष भरतप्रसाद खरेल र नेपाल दलित संघका कार्यबाहक अध्यक्ष शम्भुहजारा पासवानले तत्काल अध्यादेश जारी नभए आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ