प्रहरीको गोली लाग्नुअघि विवेकले भनेका थिए-‘म मर्दा दुनियाँले हाई हाई गरुन्’, हेर्नुस् मार्मिक स्टाटस !

प्रहरीको गोली लाग्नुअघि विवेकले भनेका थिए-‘म मर्दा दुनियाँले हाई हाई गरुन्’, हेर्नुस् मार्मिक स्टाटस !

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कालिकोट।

प्रहरीको गोली लाग्नुअघि विवेकले सामाजिक संजाल फेसबुकमा एउटा गम्भीर स्टाटस लेख्दै भनेका थिए । “दुनियाँले थुक्क थुक्क भनेर घृणा गर्नुभन्दा सबैले हाईहाई भनोस् र मर्दा कठैबरी भनाउँदै मर्ने ठूलो रहर छ। विवेकले जे लेखे त्यही भयो ।

अहिले उनले भनेजस्तै सबैलाई अन्यायको विरोध गरेको भन्दै हाईहाई गरिएको छ भने सबैले कठैबरी भनिरहेका छन् । कालिकोट रास्कोट नगरपालिका-२ साविकको सिपखानाका विवेककुमार ऐडी घरको आर्थिक अभावलाई थोरै भएपनि परिपूर्ति गर्ने उद्देश्यले म्यादी प्रहरीमा भर्ना भएका थिए ।

चुनावको सुरक्षा सकेर घर फर्किने क्रममा विवेकलाई प्रहरीले ताकेर हानेको गोलीले मृत्युको शिकार बनायो । म्यादी प्रहरीको तलवमा प्रहरी अधिकारीहरुले आँखा गाडेपछि त्यसको विरोधमा उत्रेका ऐडीको टाउकोमा ताकेर प्रहरीले गोली चलाएको थियो । अन्य जिल्लाहरुमा चुनावको सुरक्षाको जिम्मेवारी पूरा गरेको भन्दै म्यादी प्रहरीलाई सम्मानपत्रसहित विदाई गरिएपनि कालिकोटका म्यादीलाई भने गोलीको शिकार बनाइयो ।

म्यादी प्रहरीले ‘सरकार हाम्रो तलव नकाट, हामीलाई रोटी र भोटी चाहिन्छ’ भनेकै आधारमा प्रहरीले गोली हान्यो ।यो सामान्य कुरा होइन । तर, प्रहरीले हवाई फायर गरेको बताउँदै आएको छ । तलवबाट प्रतिव्यक्ति तीन हजार कमिसन खान खोजेको भन्दै शुक्रबार म्यादी प्रहरीले कालीकोटको जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

त्यस बखत प्रहरीले गोली हानेर एक जनाको हत्या गर्नुको साथै आधा दर्जन घाइते बनायो । शान्तिपूर्ण विरोधमा उत्रेका म्यादी प्रहरीमाथि प्रहरी अधिकारीहरुले ‘ठोक’ भन्दै ताकेर गोली हानेको भिडियो समेत इमान्दार मिडिया मार्फत यसअघिको समाचारमा सार्वजनिक भएको छ । तर, प्रहरी होइन भनेर झुट बोलिरहेको छ ।

गल्ती स्वीकार गरी दोषिलाई कारवाही नगर्दा कालिकोटमा तनाव जारी छ । विवेकलाई सहिद घोषणा, दोषीलाई कारवाही र पीडित परिवारलाई राहतको माग गर्दै गरिएको प्रदर्शनमाथि पनि प्रहरीले दमन गरेपछि प्रदर्शनकारी आक्रोसित बनेका छन् । गल्तीलाई स्वीकार गरी समस्याको समाधान गर्नुको साटो जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गर्यो ।

यता सरकारले पनि दोषीलाई कारवाही गर्छु भन्ने हिम्मत गर्न सकेन । छानविन समिति गठन गर्दै पीडित परिवारलाई १० लाख दिने निर्णय गर्यो । विना कारण निर्दोषलाई गोली हानेर मार्दै १० लाख दिने भन्दापनि दोषीलाई कारवाही गर्नुपर्ने मुख्य माग सरकारले पूरा नगर्दा तनाव जारी छ । शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार विहान २ घण्टाको लागि खुलाइएपनि पुनः कर्फ्यु जारी गरिएको छ ।

पीडित परिवार र नागरिक अगुवाहरुले विवेकको हत्याको विरोधमा ३ दिनदेखी निरन्तर प्रदर्शन गरिरहेका छन् ।

यस्तो थियो, विवेकको स्टाटस हेर्नुहोस् जस्ताको त्यस्तै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ