शेयर बजार कहिलेबाट बढ्ला ? ओरालो लाग्ने क्रम जारी

शेयर बजार कहिलेबाट बढ्ला ? ओरालो लाग्ने क्रम जारी

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडाैं ,९ पुस । अघिल्लो साता निरन्तर घटेको शेयर बजार यो साताको पहिलो दिन आइतबार पनि तल झर्यो । नेप्से परिसुचक ४.६ अंकले घटेर १४६७.५५ मा रोकिएको छ ।

आइतबार बजार खुलेपछि शुरुवातमा उकालो लागेको बजार दिउंसोबाट ओरालो झर्न थालेको थियो ।  बजार बन्द हुंदासम्म परिसुचक ०.३१ प्रतिशतले घटेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । आइतबार वित्तबाहेक सबै कम्पनी समुहको सूचक घटेको छ । सबैभन्दा बढी विमा समुहको सूचक ३६.७८ अंकले घटेको छ ।

निर्वाचनपछि शेयर बजार बढने अपेक्षा गरिएपनि त्यसो हुन नसकेपछि लगानीकर्ता निरास बनेका छन । निर्वाचनपछि स्थायी सरकार बन्ने अपेक्षा गरिएपनि राजनीतिक अन्यौल बढेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो ।

आर्थीक उदारिकरणको वकालत गर्ने नेपाली कांग्रेस पराजित भएको तथा वाम गठबन्धनको सरकार कहिले बन्ने अन्यौल देखिएकाले शेयर बजारमा असर परेको त्यससंग सम्बन्धित विष्लेषकको भनाई छ ।  नयाँ सरकार बनाउन दलहरुबीच सघन छलफल समेत नभएपछि लगानीकर्ता आस्वस्त हुन सकेका छैनन ।

वाम गठबन्धनले स्थित सरकार बनाउने विश्वास सृजना नभएसम्म बजारमा सुधार हुने संभावना कम हुने शेयर विष्लेषक बताउंछन । नयाँ सरकार बन्न अझै केही समय लाग्ने देखिएकाले शेयर तल झर्ने क्रम अझै केही दिन जारी रहनसक्ने उनिहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी