राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा

राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

दाङ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताउनुभएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्मान कार्यक्रममा उहाँले सकारात्मक सोचबाट गरिएको सानै कामले पनि समुन्नत समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन मद्दत पु¥याउने विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका उम्मेदवार रहेका बखत सबैबाट आशीर्वाद र सहयोग प्राप्त भई आफूले विजय हासिल गर्न सकेको बताउँदै उहाँले भन्नुभयो, “विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल ब्रह्मकुमारी संस्थाले समाज रूपान्तरणका लागि समाजका हरेक क्षेत्र, वर्ग, पेशा व्यवसायका मानिसलाई निःस्वार्थ रूपले सेवा गरिरहेको हुँदा संस्थाको विकासमा आफू सदैव लागिरहने छु ।”

राजयोगिनी ब्रह्मकुमारी गीता दिदीले आहार, विचार र चरित्रमा सुधारको आवश्यकता बोध नगर्दा समाज विखण्डन र दूषित मानसिकताबाट शिकार भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ