नयाँ बसपार्कमा प्रहरी निरीक्षकको अातंक !

नयाँ बसपार्कमा प्रहरी निरीक्षकको अातंक !

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

९ पुस,काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा प्रहरी निरीक्षक प्रताप पौडेलले अातंक मच्चाएका छन् । अाफू खुशी प्रहरीलाई परिचालन गरेर व्यवसायीहरुलाई दुःख दिइरहेका छन् । यसअघिका प्रहरी निरीक्षक ५० हजार घुससहित अख्तियारले समातेपछि अाएका निरीक्षक प्रताप पौडेल नयाँ बसपार्कस्थित महानगरिय प्रहरी प्रभाग इन्चार्ज भएर अाएका हुन् । पौडेल पनि घुससहित पक्राउ परेका हरिरह सुनुवारकै लाइनमा हिडेको बस पार्कबासीको अारोप छ ।

सुनुवारले झै पौडेलले पनि बस पार्क क्षेत्रलाई असुलीको थलो बनाउने वातावरण तयार गरिरहेका छन् । पौडेलले जिम्मेवारी समाले लगत्तै अातंक मच्चाउन सुरु गरेका हुन् । उनले विशेषगरी रात्रिकालिन व्यवसायीलाई डरधम्की दिँदै अाएका छन् । पौडेलको व्यवहारले सुनुवारकै लाइन समातेको भान भइरहेको ब्यवसायीहरु बताउँछन् । प्रहरी निरीक्षक पौडेलले प्रहरी बर्दीको दुरुपयोग गरिरहेको व्यवसायीको अारोप छ ।

निरीक्षक पौडेलले व्यवसायीहरुले अाफ्नो घर र सटर अगाडि केही बेरको लागि राखेका मोटरसाइलक उठाउन खोज्दा शनिबार ब्यवसायीहरु र प्रहरीबीच भनाभन भएको थियो । जबकी प्रहरी कार्यालय अगाडि र सार्वजनिक स्थलहरुमा जथाभावी पार्किङलाई उनले हटाउन निर्देशन दिदैनन् ।

दिउँसो सवारी आवागमनको समयमा ट्राफिक ब्यवस्थापन नगर्ने तर राती सवारी आवागमन कम हुने समयमा आफ्नै घरको टपमुनी राखेका ब्यवसायीकै साधन समात्ने गरेपछी ब्यवसायीहरु आक्रोसित बनेका छन् ।


बिजी मलले सरकारी जग्गा ओगटेर पार्किङ्ग स्थल बनाएर मूल सडक नै अवरोध गर्दा बोल्न नसक्ने तर आफुहरुले आफ्नो घरको टपले छोपेको नम्बरी जग्गामा मोटरसाइकल राख्न समेत नपाउने भन्दै व्यवशायीहरुले गुनासो गरेका छन ।

प्रहरी निरीक्षक पौडेलले बिनासित्तिमा निउ खोजिरहेको ब्यवसायीले बताए । पौडेल नयाँ बसपार्कको प्रमुख भएर आएसँगै धवलागिरी दोहोरी साझ, गोधुली दोहोरी साझ र फुलबारी दोहोरी साझका संचालकहरुलाई अनाहकमा पालैपालो समातेर लगेको उनीहरुको आरोप छ ।

नयाँ बसपार्कका स्थानीय ब्यबसायीहरु यतिबेला पौडेलको दम्भबाट परेशान बनेका छन् । लाइन मिलाउने पुरानै शैलीमा ब्यबसायी दुःख दिएर रकम असुल्न पौडेलकोे योजना हुनसक्ने उनीहरुले अाशंका गरेका छन् । आफ्नै कार्यालयको गेटमा रहेको पार्कॆङ्ग हटाउन नसक्नेले रातीराती अर्काको घरमा पार्क गरेको दुई पाङ्ग्रे साधन समातेर दुःख दिएकोमा व्यवसायीहरु दुःखी भएका छन् ।

प्रहरीले साना व्यवसायीलाई अनावस्यक दुखः दिनु हेपाहा प्रवृति भएको भन्दै व्यवसायीहरुले चुप लागेर नबस्ने बताए । पौडेलको अातंक नरोकिए प्रतिवादमा उत्रन बाध्य हुने व्यवसायीहरु बताउँछन् । त्यो भन्दा पहिलो एक पटक सम्बन्धित पक्षलाई जानकारी दिने व्यवसायीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ