काे हुन् विवेकलाई गोली हान्‍ने प्रहरी ?

काे हुन् विवेकलाई गोली हान्‍ने प्रहरी ?

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

९ पुस,काठमाडौं । प्रहरीको गोली हागी म्यादी प्रहरी विवेक एेडीको मृत्युसँगै कालिकोटमा जारी तनाव झन् चर्किएको छ । शनिबारदेखि जारी कर्फ्यु जारी छ । अाइतबार विहान दुई घण्टाको लागि खुलाइएको कर्फ्यु फेरि लागु भएको छ । कर्फ्युका कारण जिल्ला समरमुकाम अस्तव्यस्त भएको छ ।

मृतक एेडीलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर धर्नामा बसेका पीडित र नागरिक अगुवामाथि पनि प्रहरी दमन गरेपछि स्थिति झन् तनावपूर्ण बनेको छ । पीडितहरुले प्रदर्शन जारी राखेका छन् ।

सरकारले शनिबार एेडीका परिवारलाई राहतस्वरुप १० लाख दिने घोषणा गर्दै छानविन समिति गठन गरेको थियो । तर, प्रदर्शनकारीको पहिलो र दोस्रो माग सरकारले सम्बोधन नगरेका कारण प्रदर्शन जारी छ । एेडीलाई सहिद घोषणा र दोषीलाई कारवाहीको मागप्रति सरकारले ठोस निर्णय गरेको छैन ।

प्रहरी प्रबक्ताले समेत हवाइ फायर गरेको अाफूहरुले गोली नचलाएको बताइरहेका छन् । गल्ती स्वीकार गरेर दोषीलाई कारवाही गर्न भन्दापनि प्रहरीले नै वातावरणलाई थप उत्तेजित बनाइरहेको पीडितहरुको बताएका छन् ।

एेडीलाई जुम्ला घर भएका प्रहरी जवान चेतन सुनारले गोली हानेको पीडितले बताएका छन् ।

म्यादी प्रहरीले पाउने तलब र सुविधामा कमिसन खान खोजेको भन्दै म्यादी प्रहरी विरोधमा उत्रेका थिए । यसैबीच कालिकोट सदरमुकाम मान्‍मबाट संचालन भइरहेका पत्रपत्रिका र रेडियो समेत बन्द भएका छन् ।

अाफ्नो तलब काटेपछि म्यादी प्रहरी शुक्रवार प्रदर्शनमा उत्रेका थिए ।

विहान  ८ बजेदेखि १० बजेसम्म दुई घण्टा कर्फ्यु स्थगित गरिएपछि स्थानीयबासी हतार हतार अा-अाफ्नो गन्तव्य गएका छन् ।

कर्फ्यु २ घन्टाका लागी खुला गरिदा आफुहरुलाई किनमेल गर्न आफ्ना अवरुद्ध कामहरु सुचारु गर्न केही सजिलो भएको स्थानीयवासी भरत वोगटीले वताएका छन् ।

कर्फ्युका कारण सदरमुकामस्थित एफएम रेडियोहरु शनिबार राती ७ बजे नै बन्द भएका थिए । पत्रपत्रिका पनि निकस्न सकेको छैनन् । कर्फ्यु लगाएर प्रशासनले ज्यादती गरेको स्थानीयवासीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ