ओलीसँग सत्तामा जाँदैन फोरम !यस्ताे छ कारण

ओलीसँग सत्तामा जाँदैन फोरम !यस्ताे छ कारण

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ  पुस ९ । अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए । उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणामपछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो ।

उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानुहोस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’ अन्नपूर्ण पोष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ