राष्ट्रपतिले संघीय समाजवादी फोरमका नेतासँग परामर्श गर्ने

राष्ट्रपतिले संघीय समाजवादी फोरमका नेतासँग परामर्श गर्ने

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पुस ९

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशबारे आज संघीय समाजवादी फोरमका शीर्ष नेताहरुसंग परामर्श गर्दै हुनुहुन्छ ।

सरकारले ल्याएको अध्यादेशमा दलीय सहमति पछि मात्रै  प्रमाणिकरण गर्ने अडान लिएकी राष्ट्रपति भण्डारीले आज फोरम अध्यक्ष उपेन्द्र यादव सहितका शीर्ष नेताहरुसंग परामर्श गर्न लाग्नुभएको हो । परामर्शका लागि अध्यक्ष यादवसहितका नेतालाई विहान १० वजे शीतल निवास बोलाइएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

फोरमसँगको परामर्शपछि राष्ट्रिय जनतापार्टी राजपा अध्यक्ष मण्डलका शीर्ष नेताहरुसँग परामर्श गरिनेछ । यसअघि सो अध्यादेशबारे राष्ट्रपति भण्डारीले बाम गठवन्धनका नेताद्धय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त र कंग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवासंग छलफल गरिसक्नुभएको छ ।

दलीय सहमति विना अध्यादेश प्रमाणिकरण नगर्ने राष्ट्रपतिको अडानका कारण राजनीतिक गतिरोध लम्बिदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ