काठमाण्डौ ।
नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई सिमुलेटर तालिममा पठाईएको स्पष्ठ पारेको छ ।
सिमुलेटर तालिममा पठाउन प्रचलित ऐन, कानून तथा नेपाल वायुसेवा निगमको ऐन, नियम, विनियमले कुनै पनि व्यवधान नगरेकोले उनलाई तालिममा पठाइएको व्यहोरा निगमले विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
साथै, कुनै पनि निकायहरुबाट निज अवालेलाई सिमुलेटर तालिममा जान रोक नलगाएको र नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको शर्तहरु पालना गर्ने गरी निजलाई सिमुलेटर तालिममा पठाइएको पनि विज्ञप्तीमा जनाईएको छ ।
विमान चालकहरुको उडान अनुमतिपत्र अध्यावधिक गर्न सिमुलेटर तालिम अत्यावश्यक हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline