काँग्रेसका निधिलाई खुशीको खबरः महतोको जित बदर हुने खतरा, यस्तो छ कारण

काँग्रेसका निधिलाई खुशीको खबरः महतोको जित बदर हुने खतरा, यस्तो छ कारण

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

८ पुस,काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले चुनाव जितेको क्षेत्रमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई भएको छ । महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै माओवादी केन्द्रका नेता रामसिंह यादवले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी समेत गरेको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता रामसिंह यादवलाई पराजित गर्दै विजयी भएका थिए । चुनाव प्रचारको क्रममा महतोले आफ्नो चरित्र हत्या गरेकै कारण आफूले चुनाव हारेको भन्दै यादवले पुनः चुनावको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यादवले महतोको जितलाई बदर गर्न समेत माग गरेका छन् ।

रिटमाथि शुक्रबार भएको सुनुवाईमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीशहरु दीपक राज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशमशेर जबरा, दीकककुमार कार्कीको संवैधानिक ईजलाशले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले यही पुस १४ गते दुबै पक्षलाई छलफलको लागि बोलाएको छ ।

यादवको तर्फबाट वरिष्ठ आधिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती, रामनारायण यादव, अमरनाथ सिंह, आधिवक्त सुनिल खरेल, पंकजलाल कर्णलगयातले बहस गरेका थिए ।

त्यसैगरी महतोले मौन अवघिमा समेत महतोले प्रचारप्रसार गरेको आरोप लगाएका यादवको चुनावमा जमानत समेत जफत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ