८ पुस, काठमाडौँ । माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले जनयुद्धले गरेको परिवर्तन संविधानले स्वीकार गरिसकेको बताएकी छन् । उनले एमालेलगायतका केही दलहरुले जनयुद्ध शब्द स्वीकार नगरेपनि पनि त्यसको मर्म र भावनालाई स्वीकार गरेको समेत बताइन् ।
एक टेलिभिजनसँगको कुराकानीमा नेतृ घर्तीले जनयुद्धको परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्ने समेत बताइन् । जनयुद्ध शब्दलाई स्वीकार नगरेपनि त्यसको मर्म र भावनालाई सबैले स्वीकार गरेको बताउँदै नेतृ घर्तिले जनयुद्धको भावना स्वीकार नगुर्न भनेको गणतन्त्र र संविधानलाई स्वीकार गर्नु नभएको बताइन् । उनले एमालेलाई संकेत गर्दै गणतन्त्र र संविधान स्वीकार गर्न नसक्नेसँग कुनै खाले सहकार्य हुन सक्दैन । उनी आफै जनयुद्धमा लडेकी महिना नेतृ हुने भने शहिद परिवार समेत हुने ।
नेपालमा जनवादी क्रान्ति सम्पन्न भएर पुँजिवाली प्रक्रियालाई पार गर्दै मुलुक समाजवाद उन्मुख रहेको घर्तीले बताइन् । एमाले र माकेको सरकारले समाजवादी मोडेलमा काम गर्ने समेत दाबी गरिन् ।