जुम्ला, ८ पुस ।
जुम्लाका सबै दलले ६ नं प्रदेशको राजधानी कर्णालीलाई बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
‘६ नं कर्णाली प्रदेश र राजधानी’ विषयक बृहत् छलफल कार्यक्रममा नेपालको संविधानले प्रदेश राजधानी तोक्ने आधार पहिचान र सामथ्र्य व्यवस्था गरेको भन्दै राजधानी कर्णाली नै हुने निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १०० पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले ७५ र सुर्खेतले २५ अंक ल्याउने दाबी गर्नुभयो ।
नेकपा (एमाले) जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले यो प्रदेशका राजधानी कर्णाली मनासिव हुँदाहुँदै सुर्खेतलाई अस्थायी राजधानी बनाइए कर्णालीवासीका लागि अन्याय हुने धारणा राख्नुभयो ।
नेपाली काँग्रेसका नेता देवेन्द्र शाहीले कुनै पनि हालतमा राजधानी कर्णालीमा हुने ठोकुवा गर्नुभयो । उहाँले अब राजधानीका लागि एक भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले सामथ्र्य र पहिचानको अधिकतम मापदण्डभित्र पर्ने कर्णालीमा राजधानी तोक्न राज्यले कञ्जुस्याइँ गरे आन्दोलन गर्ने चेतावनी दिएका समेत दिएका छन् ।