बिहान–बेलुका बिजुली बढी खपत हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणको आग्रह

बिहान–बेलुका बिजुली बढी खपत हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणको आग्रह

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, ८ पौष ।
नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुकीको समयमा सकेसम्म बढी विद्युत खपत हुने उपकरण प्रयोग नगर्न आग्रह गरेको छ ।

नदीहरुमा पानीको बहाव कम भइ विद्युत उत्पादनमा कमी आएकाले बिहान र बेलुकाको समयमा बिजुली खपत गर्दा ध्यान दिन प्राधिकरणले आग्रह गरेको हो ।

विद्युतको उच्च माग हुने बिहान ६ देखि ९ बजेसम्म तथा बेलुका ५ देखि ९ बजेसम्म विद्युत उच्च खपत हुने उपकरण नचलाउन आग्रह गरिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हिटर, ओभन, राईसकुकर, आइरन, एयर कण्डिस्नर, पम्प जस्ता बढी विद्युत खपत हुने मेसिन उक्त समयमा प्रयोग नगर्न आग्रह गरेको हो ।

उत्पादन नबढेको तर ग्राहकको माग भने बढेको जानकारी दिंदै प्राधिकरणले विजुली व्यवस्थापन गर्न प्रयासरत रहेको पनि बताएको छ ।

यसैबीच , नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो ।
बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २२० ग्राहकको विद्युत् लाइन काटिने छ ।
ग्राहकबाट विद्युत् महशुलबापत रु तीन करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ । प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी