कालिकोटको घटनाका पिडितलाई क्षतीपूर्ती र घाईतेको यथासिघ्र उपचार गर्न सरकारसँग माग

कालिकोटको घटनाका पिडितलाई क्षतीपूर्ती र घाईतेको यथासिघ्र उपचार गर्न सरकारसँग माग

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ , ८ पुस ।
विना विभागीयमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटमा प्रहरीको गोलि लागेर म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
आज बिज्ञप्ती जारी गरी मन्त्री शाहीले ऐडीको मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ ।
साथै, उहाँले मृतक ऐडीको परिवारलाई उचित राहत तथा क्षतिपुर्ति र घाइतेलाई यथासिघ्र उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
मृतक ऐडीलाई हार्दिक श्रद्धाञ्जली तथा आफन्तजनमा समवेदना प्रकट गर्दछु । स दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उतेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहन समेत आग्रह गर्दछु । विज्ञप्तीमा भनिएको छ ।
सान्नी त्रिवेणी, ४ तिकुवाका २१ वर्षीय ऐडीको हिजो (शुक्रवार) कालिकोट जिल्ला सदरमुकाममा प्रहरीको गोलि लागेर मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ