मुख्यमन्त्री बनेपछि विवाह गर्छु : एमाले नेता राई

मुख्यमन्त्री बनेपछि विवाह गर्छु : एमाले नेता राई

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

विराटनगर ,७ पुस । एमाले नेता शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्री बनेपछि विवाह गर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले  मुख्यमन्त्री बनेर सपथ लिएपछि नीति तथा कार्यक्रम घोषणा गर्दै विवाह गर्ने बताए ।
आफू लहड नभई मुख्यमन्त्रीको पूर्ण तयारी भएपछि प्रदेशसभामा उम्मेदवार बनेको बताउँदै भने, ‘प्रदेशसभाको मुख्यमन्त्रीको सपथ लिएपछि प्रदेश विकासको खाकासहितको कार्यक्रम घोषणा गर्छु अनि मात्र विवाह गर्छु ।’

राईले आफू दुई पटकसम्म सांसदमा विजयी भएको, संविधानसभामा जिम्मेवार समितिको सभापति भई काम गरेकाले पनि मुख्यमन्त्रीको स्वभाविक दाबेदार भएको स्पष्ट गरे ।

आफूले जनप्रतिनिधि भई काम गर्दा अहिलेसम्म विवादमा नपरेको र छविसमेत स्वच्छ बनाउन सफल भएकाले मुख्यमन्त्रीमा आफू नै योग्य भएको बताउँदै भने, ‘यो पार्टीले निर्णय गर्ने विषय भए पनि म त्यसै प्रदेशसभामा उठेको होइन ।’ राईले आफ्नो व्यक्तित्व हेरेरै जनताले ठूलो अभिमतका साथ विजयी बनाएको पनि दाबी गरे ।

उनले अस्थायी राजधानी सरकारले तोके पनि नाम र त्यसको अन्तिम टुंगो प्रदेशसभाले लगाउने भएकोले अहिले सरकारले जुन ठाउँलाई तोके पनि आफूलाई मान्य हुने बताए ।

प्रदेश नम्बर १ मा वाम गठबन्धनले नै बहुमतको सरकार बनाउने भएकाले मुख्यमन्त्री पदमा दाबी गरेका र पार्टीमा ठूलो पदमा रहेका व्यक्तित्वको व्यवस्थापन पार्टीकै भएको चर्चा गरे । उनले मुख्यमन्त्रीको विषय पार्टीको स्थायी समितिका जाने र जिम्मेवारी दिने प्राविधिक विषय भएको पनि स्पष्ट गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ