मोदीलेले शीर्ष तीन नेतालाई फोन गर्नु र ५ दलको बैठक बस्नु संयोग मात्रै : प्रचण्ड

मोदीलेले शीर्ष तीन नेतालाई फोन गर्नु र ५ दलको बैठक बस्नु संयोग मात्रै : प्रचण्ड

‘सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति’

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

चितवन, ७ पुस।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले
भन्नुभयो “सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।” पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो ।

पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ ।”

राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताउनुभयो । यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय हुन् भन्दै उहाँले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।”

एक प्रसंगमा उहाँले राष्ट्रियसभामा २२ जना महिला (३७.५प्रतिशत) आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आआफ्नातर्फबाट ३३ प्रतिशत पु¥याइदिने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट गर्नुभयो ।

अर्काे प्रसंगमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भन्नुभयो, “उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ