प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट , कुन प्रदेशमा कसले कति सिट पाए ?(पूर्ण विवरण सहित)

प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट , कुन प्रदेशमा कसले कति सिट पाए ?(पूर्ण विवरण सहित)

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, पुस ७ ।
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० क्षेत्रको सिट बाँडफाँड गरेको छ ।

निर्वाचन आयोगका सचिव एवम समानुपातिकतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौडयालले मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको समानुपातिक नतिजा शुक्रबार निर्वाचन आयोगमा सार्वजनिक गर्नुभएको हो ।

प्रत्यक्षमा जस्तै नेकपा एमाले प्रदेशसभामा पनि पहिलो दल भएको छ । समानुपातिकतर्फ सातै प्रदेशमा गरी कुल २२० सिट मध्ये एमालेले ७५, नेपाली कांग्रेसले ७२ सिट पाएका छन् ।

यस्तै माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सिट पाएका छन । अन्य साना दलले पनि प्रदेशसभामा सिट जितेका छन । एमाले र माओवादी केन्द्रले २ नम्बरवाहेक सबै प्रदेशमा बहुमत प्राप्त गरेका छन् ।

प्रदेश २ मा भने कांग्रेसले बढी सिट हात पारेको छ ।  प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादी केन्द्रले ५ सिट पाएका छन् । यो प्रदेशमा साना दलले पनि सिट जितेका छन् । संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् । 

यस्तै प्रदेश २ मा कांग्रेसले ११, राष्ट्रिय जनता पार्टीले १०, संघीय समाजवादी फोरमले ९ र नेकपा एमालेले ७ सिट पाएका छन् । यो प्रदेशमा पनि माओवादीले ५ र नेपाल सघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।

प्रदेश नम्बर ३ मा एमालेले १६, कांग्रेसले १४, माओवादी केन्द्रले ८ सिट पाएका छन् । यहाँ विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि १–१ सिट जितेका छन् ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ सिट पाउँदा राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले १–१ सिट पाएका छन् ।

प्रदेश नम्बर ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादी केन्द्रले ६ सिट पाएका छन् । यो प्रदेशमा संघीय समाजवादी फोरमले २, राजपाले १ र राजमोले १ सिट जितेका छन् ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५, माओवादी केन्द्रले ४ सिट पाएका छन् । यो प्रदेशमा राप्रपाले १ सिट पाएको छ ।

प्रदेश नम्बर ७ मा एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । यो प्रदेशमा माओवादीले ४ र राजपाले एक सिट जितेका छन् ।

हेर्नुस् निर्वाचन आयोगले सार्वजनिक गरेको सिट सङख्याको यो सूची ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ