प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु, एक बालकसहित दुई घाइते

प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु, एक बालकसहित दुई घाइते

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

कालिकोट , ७ पुस । कालिकोटमा प्रहरीको गोली लागेर एक जना म्यादि प्रहरीको मृत्यु भएको छ ।
म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदासान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ का विवेक ऐडीको मृत्यु भएको हो । एक बालकसहित अर्का एक म्यादी प्रहरी घाईते भएका छन ।

घाईतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको अस्पतालका अध्यक्ष कृष्णबहादुर सिंहले जानकारी दिनुभयो । सेवा अवधिभरको ६१ हजार रुपैया दिने भनिएकोमा तीन हजार कतौटी गरी ५८ हजार मात्र दिएको भन्दै म्यादी प्रहरीले सदरमुकाम मान्ममा प्रदर्शन गरेका थिए ।
प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजीसहित कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ निर्बाचनमा खटिएका म्यादी प्रहरीलाई आज सरकारले तोकेको रकम मध्ये ३ हजार कटौती गरी बाँकी तलब दिएर बिदा गरिएको थियो ।
त्यसपछि ९ सय ७३ जना म्यादी आन्दोलनमा उत्रेका थिए । उनीहरुले प्रहरी प्रशासनले २९ लाख १९ हजार रकम हिनामिना गरेको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ