माओवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद , १५ महिला, २ मात्रै पुरुष (सूचीसहित)

माओवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद , १५ महिला, २ मात्रै पुरुष (सूचीसहित)

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं , ७ पुस ।
नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् ।

प्रत्यक्षतर्फ तीनजना मात्र महिलाले जितेका कारण माओवादी केन्द्रले समानुपातिकबाट १५ महिलालाई सांसद बनाउने भएको हो । माओवादीबाट दुईजना पुरुषमा खस आर्यबाट हितराज पाण्डे र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह सांसद बन्नुहुने भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्दे्शिका, २०७४ को दफा ३१ (५) बमोजिम ‘समानूपतिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट पहिलो हुने निर्वाचन प्रणाली र समानूपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेगरी निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४०(४) र प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्दे्शिका २०७४ को दफा ३१(६) बमोजिम ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

प्रत्येक कानूनी व्यवस्थालाई हेर्दा नेकपा माओवादी केन्द्रले प्राप्त गर्ने समानूपातिकतर्फको १७ सिटमध्ये महिला १५, पिछडिएको क्षेत्रबाट एक जना र अन्य समावेशी समुहबाट एकजना पुरुष छनोट गरेको छ ।
बन्दसूचीको क्रम अनुसार नै माओवादी केन्द्रबाट सांसद बन्नेहरुको सूची तयार पारेर बुझाईएको पार्टी प्रवत्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

जस अनुसार खस आर्य महिलाबाट रेखा शर्मा , पूर्णाकुमारी सुवेदी , धर्मशिला चापागाई , सत्य पहाडी र सिता पोखरेल सांसद बनेका छन् ।

यस्तै आदीवासी जनजाति महिलाबाट सांसद बन्नेहरुमा जयपुरी घर्ती , शशी श्रेष्ठ , ओनसरी घर्तीमगर , यशोदा गुरुङ्ग सुवेदी र अमृता थापा रहेका छन् ।

मधेसी महिलाबाट ईन्दु शर्मा र बोधमाया यादवलाई माओवाद्यीले समानुपातिक सांसद बनाएको छ ।
त्यस्तै , दलित महिलाबाट अञ्जना विसंखे र दुर्गा विक , थारु महिलाबाट रामकुमारी चौधरी , पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह र खस आर्य पुरुषमा हितराज पाण्डे सांसद बनेका छन् ।

 

खस आर्य महिला
१.रेखा शर्मा
२.पूर्णाकुमारी सुवेदी
३.धर्मशिला चापागाई
४.सत्य पहाडी
५.सिता पोखरेल

आदीवासी जनजाति महिला 
१.जयपुरी घर्ती
२.शशी श्रेष्ठ
३.ओनसरी घर्तीमगर
४.यशोदा गुरुङ्ग सुवेदी
५.अमृता थापा

मधेसी महिला 
१.ईन्दु शर्मा
२.बोधमाया यादव

दलित महिला 
१.अञ्जना विसंखे
२.दुर्गा विक

थारु महिला 
१. रामकुमारी चौधरी

पिछडिएको क्षेत्र 
प्रेमबहादुर सिंह

खस आर्य पुरुष
हितराज पाण्डे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ