बिदा भए ९८ हजार म्यादी प्रहरी : चार जनाले ज्यान गुमाए

बिदा भए ९८ हजार म्यादी प्रहरी : चार जनाले ज्यान गुमाए

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

७ पुस, काठमाडौं ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका देशभरका म्यादी प्रहरीको शुक्रबारदेखि जिम्मेवारी सकिएको छ ।

विभिन्न जिल्लाको जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई म्यादी प्रहरीमा खटिएको प्रमाण–पत्र दिएर विदाइ गएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९८ हजार २ सय ३८ म्यादी प्रहरी खटिएका थिए ।

म्यादी प्रहरीले ५५ दिन सुरक्षामा खटिएवापत प्रहरी जवान सरहको तलबभत्ता, दुर्गम क्षेत्रमा काम गर्नेलाई स्थानीय भत्ता, पोशाक वापत ४ हजार, यातायात खर्च १ हजार र चुनावको समयमा ७ दिनको ५ सय रुपैयाँका दरले दैनिक भत्ता पाएका छन् ।

जनताको सुरक्षार्थ खटिएका वेला वीरगञ्जमा भएको बम विष्फोटमा परी एक जना म्यादी प्रहरीको मृत्यु भएको थियो । त्यस्तै, दुई जना म्यादी प्रहरीको हेटौंडामा सवारी दुर्घटनामा र दार्चुलामा भीरबाट लडेर अर्का म्यादी प्रहरीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ