पर्सा, पुस ७ ।
वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी का क्रममा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
सुपर ग्यास उद्योग वीरगंजमा बुधबार आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा आज मृत्यु भएको हो ।
नेपाललाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर गरेर बर्न सेन्टर कीर्तिपुरमा लगिएको थियो । उपचारको क्रममा नेपालको त्यहीँ मृत्यु भएको नेपालका दाजु तथा वीरगंज महानगरपालिकाका पूर्व कार्यकारी प्रमुख विष्णु कोइरालाले जानकारी दिनुभयो ।
वीरगञ्जको सुपर ग्यास उद्योग आगलागी नियन्त्रणमा संलग्न वीरगंज वारुण यन्त्रमा कार्यरत सर्लाहीका यादव अधिकारी, तनहुँका मधुसुदन मिश्रको बुधबार घटनास्थलमै मृत्यु भएको थियो । अर्का घाइते अरुण महतोको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline