यी हुन् माअाेवादीबाट समानुपातिक काेटामा सांसद बन्ने नेताहरू

यी हुन् माअाेवादीबाट समानुपातिक काेटामा सांसद बन्ने नेताहरू

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, पुस ७ ।
नेकपा माओवादी केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिला उम्मेदवारका लागि छुट्याउनु पर्ने छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जित्ने भएको छ ।
१५ वटा कोटाबाट पनि आर्य कोटामा ५ जना निर्वा्चित गर्नुपर्छ ।
आयोगमा बुझाइएको बन्द सूचीअनुसार आर्य कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्म्शिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।
बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने छ । जसअनुसार माओवादीले समानुपातिकबाट निर्वा्चित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ ।
जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् । माओवादी स्रोतका अनुसार दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्काे को पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख हुन्। माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ ।
जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनेछन्र । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुने स्रोतको दाबी छ । माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वा्चित गर्न पाउने छ ।
यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ