प्रधानमन्त्री देउवाले डाके  ५ दलकाे संयुक्त बैठक

प्रधानमन्त्री देउवाले डाके  ५ दलकाे संयुक्त बैठक

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं , ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल गर्न राष्ट्रिय पार्टीहरूको संयुक्त बैठक डाकेका छन् ।
बैठक आज ११ बजे बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा विभाजित वाम गठबन्धन र नेपाली कांग्रेस बीचको तिक्ततालाई हटाउँदै निर्वाचनपछि प्रधानमन्त्रीले पहिलोपटक बैठकको आह्वान गरेका हुन् ।
बैठकमा भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय दल बनेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी सहभागी हुँदैछन् । बैठकमा राष्ट्रिय दलका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ