वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

६ पुस, काठमाडौं ।
वरिष्ठ संगीतकार चन्द्रराज शर्माको ७९ बर्षको उमेरमा आज बिहान निधन भएको छ ।
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी शर्माको राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्मा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनुभएको थियो ।

उहाँलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गर्नुभएको थियो ।

उहाँले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गर्नुभएको थियो । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गर्नु भएका शर्माले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिनुभएको छ ।

यस्तै गीतिनाटक मुनामदन, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गर्नुभएको छ । शर्माले संगित भर्नुभएको मेरो देशको माया, चपला अबला एक सूरमा, हामी नदीका दुई किनार लगायत कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ