६ पुस काठमाडौं ।
नेपाल बिद्युत प्राधिकरणले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ नभएको बताएको छ ।
केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ ।
आज बिज्ञप्ती निकालेर प्राधिकरणका कार्कारी निर्देशक कुलमान घिसिङले अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषितरअघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको जानकारी दिनुभएको छ ।
‘विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छ, घोषितरअघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ गरिएके छैन ।’ प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै ‘हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण लागेको पनि वताईएको छ ।
प्रविधिक समस्याका कारण कहिं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको जानकारी दिएको छ ।
माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन नेपाल विधुत प्राधिकरणले आग्रह गरेको छ ।