प्रचण्ड भन्छन् , जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिए , त्यसै अनुरुप अघि बढ्छौ

प्रचण्ड भन्छन् , जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिए , त्यसै अनुरुप अघि बढ्छौ

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

६ पुस, काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएको भन्दै उहाले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताउनु् भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताउनु भयो ।
संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उहाले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी