सुराकीलाई नेपाल कम्युनिष्ट पार्टीले छानी छानी कार्वाही गर्ने

सुराकीलाई नेपाल कम्युनिष्ट पार्टीले छानी छानी कार्वाही गर्ने

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं ६ पुस ।

नेकपाले आफ्नो पार्टीका विरुद्ध सुराकी गर्नेहरूलाई छानी छानी कारवाही गर्ने बताएको छ । गएको स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा सुराकी गरेर आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न लगाएको भन्दै नेकपाका स्थानीय नेताहरूले सुराकीविरुद्ध कारवाही चलाउने बताएका छन् ।

यद्यपि यस विषयमा नेकपाको संस्थागत धारणा भने सार्वजनिक भएको छैन । नेकपाका एकजना क्षेत्रीय ब्युरो सदस्यले कांग्रेस एमाले र अन्य राजनीतिक दलहरूको तुलनामा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा वाइसीएल आफ्ना विरुद्ध लागेको बताए ।

कतिपय ठाउँमा प्रहरीको आडमा वाइसीएलका कार्यकर्ताहरू नेकपाका नेता कार्यकर्ताविरुद्ध गतिविधि गर्ने र उनीहरूका घर–घरमा पुगेर परिवारलाई अनावश्यक दुःख दिएको पनि उनले बताए । सुराकीविरुद्धको कार्वाही कस्तो हुन्छ भनेर स्पष्ट नबताए पनि ती ब्युरो सदस्यले सम्बन्धित व्यक्तिलाई महसुस हुने खालको कारवाही गरिने बताए ।

माओवादी केन्द्रका नेताहरू मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मालगायतले सत्ता र शक्तिको दुरुपयोग गर्दै आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न ठाडो आदेश दिएको र पार्टीविरुद्धका अभिव्यक्ति दिने गरेको नेकपाका स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन् ।

मातृका यादवले नेकपाद्वारा भदौ २ गते धनुषामा आयोजना गरिएको तत्कालीन नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य रामवृक्ष यादवको स्मृतिसभामा चुल्ठे–मुन्द्रेसहित आक्रमण गरेको नेकपा जनकपुर ब्युरोले बताएको छ ।

यस्तै, वर्षमान पुनले रोल्पामा नेकपाको नाम निशाना मेटाउने भन्दै आवश्यकताभन्दा बढी सेना–प्रहरी परिचालन गर्दै नेकपाका पार्टी सदस्य, समर्थक र शुभचिन्तकलाई समेत पक्राउ गर्न आदेश दिएको नेकपा रोल्पाले बताएको छ । उता रुकुममा पनि जनार्दन शर्माले नेकपा निकट जनवर्गीय संगठनमा बसेकै आधारमा विद्यार्थी, केटाकेटी, बिरामी, अशक्त, घरमा काम गरिरहेकालाई समेत पक्राउ गर्न लगाएको नेकपा रुकुमले जनाएको छ ।

पार्टीको घोषित नीतिअनुसार नै नेकपाले सबै खालका चुनाव खारेज गर्ने कार्यनीति अघि बढाएको थियो तर निर्वाचनमा सुरक्षा चुनौती भन्दै प्रशासनले देशभरि नै नेकपाका सयौं नेता कार्यकर्ताहरू धमाधम पक्राउ गर्न सुरु ग¥यो ।

चुनावको अवधिमा नेकपाका सयौंको संख्यामा नेता–कार्यकर्ता समर्थक सुभचिन्तकसमेत पक्राउ परे । त्यसलगत्तै आफ्ना सबै खुला कार्यक्रम छोडेर नेकपाका नेता–कार्यकर्ता अर्धभूमिगतजस्तै बनेका थिए । पक्राउ गरिएका कतिपय नेता– कार्यकर्ताहरूलाई अहिलेसम्म पनि रिहाइ नगरिएको र झुटा मुद्दामा फसाउने खेल भएको नेकपा स्रोत बताउँछ ।  स्रोत : रातोखबर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी