पत्रकार तीर्थराज भुसालको निधन रहस्यमय !

पत्रकार तीर्थराज भुसालको निधन रहस्यमय !

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

काठमाडौँ, ६ पुस। 

पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ । 

शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो ।

भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताउनुभयो ।

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म किटान नभएको पाइएको छ । घटनाबारे प्रहरीले छानबिन गरिरहेको जनाइएको छ ।

अध्यक्ष दाहालले भुसालको स्मृतिमा समूहले शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि बताउनुभयो ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले भुसाल आफ्नो असल र मेहनती विद्यार्थी भएको स्मरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी