सुनसरी , ६ पुस ।
सुनसरीको ईटहरीका मुख्य सडकमा आजबाट सिटि सफारीलाई सन्चालनमा रोक लगाएपछि सफारी चालकहरु आन्दोलीत भएका छन् ।
मुख्य सडकमा सिटि सफारीका कारण अत्याधिक जाम हुन थालेको र ठुला सवारीलाई समस्या भएको भन्दै पूर्वान्चल क्षेत्रीय ट्राफिक कार्यलय ईटहरीले सन्चालनमा रोक लगाएको हो ।
उक्त निर्णयको बिरोधमा सफारी चालकहरुले अहिले ईटहरी चोकमा सफारी तेस्र्याएर सडक अबरुद्ध पारेका छन् । उनीहरुले आफुहरुले निर्वाध रुपमा मुख्य सडकमा पनि सफारी चलाउन पाउनु पर्ने माग गरेका छ ।
एम्बुलेन्स बाहेका अन्य निजी तथा भाडामा सवारी साधन सन्चालनमा अबरोध गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।
अहिले ईटहरी उपमहानगरपालीकाका जनप्तिनिधी तथा सरोकारवालाको सहभागीतामा समस्या समाधानका लागी छलफल भईरहेको पनि जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


