प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँड आज

प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँड आज

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, पुस ६ ।
निर्वाचन आयोगले आज प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँड गर्ने तयारी गरेको छ । प्रदेशसभातर्फको मतसंख्या संकलन र रुजु गर्ने काम सकेपछि सिट संख्या बाँडफाँड गरी दलहरुलाई पत्र लेख्ने तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने पनि उहाँले बताउनुभयो । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा विवेकशील साझा र नेमकिपाले एक एक जना सांसद पठाउन पाउनेछन् ।

प्रदेशसभामा कुल सदर मतको १ दशमलव ५ प्रतिशत सीमा कटाउने दलले प्रदेश सांसद पठाउन पाउने प्रावधान छ । यसैबिच संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँडका लागि पनि तयारी भइरहेको छ ।

आयोगका अनुसार सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी