देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, पुस ६ । देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा केही दिन यता न्यूनतम तापक्रम बढिरहेको छ तर अधिकतम तापक्रम कम भएका कारण चिसो महसुस भएको हो । एकदुई दिनमा अधिकतम तापक्रम घट्न सक्ने मौसमविद पोखरेलले जनाइन् ।

बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिगी सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी