ओली र प्रचण्डले भने , राजनीतिक दुराशयका साथ आएको अध्यादेश मान्दैनौं ः अध्यादेशमा सहमति जुटाउन राष्ट्रपतिको आग्रह

ओली र प्रचण्डले भने , राजनीतिक दुराशयका साथ आएको अध्यादेश मान्दैनौं ः अध्यादेशमा सहमति जुटाउन राष्ट्रपतिको आग्रह

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

५ पुस, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वाम गठवन्धनका दुई शिर्ष नेता लाई राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन सुझाव दिनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई विवादका विषयमा राजनीतिक सहमति जुटाउन सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

आफूले संविधान र कानुनभित्र रहेर काम गर्ने भन्दै उहाले राजनीतिक दलहरुले पनि यसमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
वाम गठबन्धनका नेताहरूले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा आएको जानकारी राष्ट्रपतिलाई गराएका थिए।

जवाफमा भण्डारीले निर्वाचन जितेकोमा नेताहरुलाई बधाइ दिनुभएको थियो ।

साथै निर्वाचन आयोगले प्रस्ताव गरेको बहुमतीय प्रणालीलाई संसदको राज्य व्यवस्था समितिले सर्वसम्मत अनुमोदन गरेको तर, स्थानीय तह चुनावको परिणामपछि सरकारले राजनीतिक सहमतिविना गलत नियतले संशोधन गरेको दुई दलले आरोप लगाएका छन ।

यस्तै आजै नेकपा एमाले केपि शार्मा ओलि र माओवाद िकेन्द«का अध्यक्ष प्रचण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवसँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका दुई अध्यक्षले मध्याह्न १२ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त डा.यादवलाई लाजिम्पाटस्थित दाहाल निवासमा बोलाई तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिनु भएको छ ।

हालै दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको भएपनि समानुपातिकतर्फको परिणाम भने सार्वजनिक गरिएको छैन ।
दुई अध्यक्षसँगको भेटमा प्रमुख आयुक्त डा.यादवले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बचन दिनु भएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ