राष्ट्रिय सभा अध्यादेशमा दलहरुबीच अझै विवाद, गाँठो फुकाउन नेताहरु उदासीन

राष्ट्रिय सभा अध्यादेशमा दलहरुबीच अझै विवाद, गाँठो फुकाउन नेताहरु उदासीन

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं पौष ५ ।
राष्ट्रियसभा सदस्य निर्वाचन सम्वन्धी अध्यादेशमा विवाद बढिरहँदा दलीय सहमतिका लागि ठोस पहल भने हुन सकेको छैन ।

सत्तारुढ दल नेपाली काँग्रेसले एकल संक्रमणीयका आधारमा ल्याएको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेको छ भने संसदको सबैभन्दा ठूलो दल बनेको एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको छ ।

यसले गर्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचन मतपरिणाम आएसँगै केन्द्रीय र प्रदेश सरकार गठन लगायत निर्वाचनसँग सम्बन्धित थुप्रै काम रोकिएका छन् । निर्वाचन सकिएको ३० दिन भित्र संघीय संसदको बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ ।

तर समानुपातिक तर्फको अन्तिम नतिजामा समेत भइरहेको ढिलाईले झनै अन्यौलता थपिदिएको छ । एकल संक्रमणीय हुनुपर्ने कंग्रेसको अडान र बहुमतियका लागि बामगठवन्धनको दवावका कारण राष्ट्रपति कार्यलय समेत विवादमा तानिएको छ ।

अध्यादेश प्रमाणीकरण नगर्न एमालेले राष्ट्रपतिलाई दबाव दिएको भन्दै प्रधानमन्त्री शेर वहादुर देउवाले पदबाट राजिनामा नदिने बताउनुभएको छ ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय सहमति नभएसम्म अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरिसक्नुभएको छ । अध्यादेशमा मुलुकको राजनीति अड्किँदा सहमतिका लागि ठोस पहल हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ