काठमाडौं, पुस ५ । राजधानीको शान्तिनगर गेटमा बुधबार बिहानै माइक्रोबसको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । बा२ख १३२३ नम्बरको माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
घाइतेको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घाइतेलाई उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएकोमा सो अस्पतालबाट ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते पैदलयात्रीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
योसँगै विगत २४ घण्टामा उपत्यकामा २३ सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । ती दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
मंगलबार राजधानीका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने एक हजार पाँचसय ८४ सवारी चालक कारवाहीमा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline