पर्सा, पुस ५ । पर्साको वीरगन्ज उपमहानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन ।
आगो नियन्त्रणका लागि गएको वीरगन्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।
आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline