एमाले नेता नेपाल भन्छन् , ओली भन्दा प्रचण्डले राम्रो पार्टी चलाउँछन्

एमाले नेता नेपाल भन्छन् , ओली भन्दा प्रचण्डले राम्रो पार्टी चलाउँछन्

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

५ पुस,काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकताको पार्टी अध्यक्ष दिँदा केही फरक नपर्ने बताएका छन् । नेता नेपालले प्रचण्डको नेतृत्व र सांगठानिक क्षमताबारे आफूलाई जानकारी भएको बताउने गरेका छन् ।

आफू निटकका नेताहरुसँगको छलफलमा नेता नेपालले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलेभन्दा प्रचण्डले पार्टी राम्रोसँग चलाउने बताएका हुन् । नेता नेपाल एकता प्रक्रियामा माओवादी केन्द्रलाई सम्मानजनक हैसियत दिनु पर्ने बताउँदै आएका छन् । उनले आफ्नै पार्टीका महासचिवलगायतका नेताहरुले एकल नेतृत्वको पक्षमा दिएका अभिव्यक्तिको खण्डन गर्दै बहपदीय प्रणालीमा जानु पर्ने बताउँदै आएका छन् ।

मंगलबार आफू निकटका नेताहरुसँगको छलफलमा नेता नेपालले प्रचण्डलाई अध्यक्ष मान्न आफूहरु तयार रहेको बताएको बताइएको छ । नेता नेपालले अब उखान र टुक्काले भन्दापनि विवेकले पार्टी चलाउने बेला आएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ