एमाले र माअाेवादीबीच पदकाे भागबण्डा मिल्याे ! अध्यक्ष मण्डल, तीन वरिष्ठ नेता, तीन उपाध्यक्ष, दुई महासचिव

एमाले र माअाेवादीबीच पदकाे भागबण्डा मिल्याे ! अध्यक्ष मण्डल, तीन वरिष्ठ नेता, तीन उपाध्यक्ष, दुई महासचिव

  • बुधबार, पुस ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

५ पुस,काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियलाई अगाडि बढिरहेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् ।

अध्यक्ष को बन्‍नेमा विवाद भएका कारण विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका छन् ।

पार्टी ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍नेमा विवद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको हो ।

वरिष्ठ नेतामा एमालेबाट माधव कुमार नेपाल,झलनाथ खनाल र माकेबाट नारायणकाजी श्रेष्ठ रहेन बताइएको छ । त्यसैगरी महासचिवमा दुई जनामा एउटा एमालेबाट र अर्को माकेबाट राख्‍ने, सात सचिवमा एमालेको भागमा चार र माकेको भागमा तीन जना पर्ने गरी प्रारम्भिक खाका तयार गरिएको स्रोतको दाबी छ ।

मधेसी दलको एकताको ढाँचामा एमाले र माओवादी केन्द्रको एकता हुने भन्दै केही नेताहरुले उक्त खाकाप्रति असहमति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ