रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश

रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

काठमाडौँ, ४ पुस। सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो ।

फरार अवस्थामा रहनुभएका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदनविरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले अभियोगका प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो ।

कैलालीको टीकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहकै अवस्थामा प्रतिनिधिसभामा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयीको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

सर्वोच्च अदालत प्रशासनले कर्तव्यज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै ल्याएको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा वारेसमार्फत निवेदन दिएका थिए ।

सो निवेदनको सुनुवाइ अभियोगको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो । फरार रहँदाकै अवस्थामा वारेसनामामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई वारेस बनाउँदै प्रमाणपत्र लिन पठाएका थिए ।

जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ