तत्काल सहमति कायम गर्न दलहरुलाई आयोगको आग्रह

तत्काल सहमति कायम गर्न दलहरुलाई आयोगको आग्रह

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ , पुस ४ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाउने कार्य जारी रहेकाले असहमती तत्काल हल गर्न दलहरुलाई आग्रह गरेको छ ।

केहि समयभित्रै सिट सङख्या टुङग्याएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेकाले त्यस अघि नै असहमती हल गर्न आयोगले सुझाव दिएको हो ।

प्रतिबेदन निर्माणका लागि प्रक्रियागत कामहरु भईरहेको भन्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरुको सिट निर्धारणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यादवले संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
आज ओखलढुंगा पुग्नुभएका उहाँले अहिले देखिएका राजनितिक बिबादकै कारण आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको बताउनुभयो ।
शान्तिपूर्णरुपमा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनले विश्व नै चकित भएको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ