१४ वर्षीय बालिकामाथि दुर्व्यवहार गर्ने शिक्षकलाई अखिल क्रान्तिकारीले गर्यो यस्तो कार्वाहि

१४ वर्षीय बालिकामाथि दुर्व्यवहार गर्ने शिक्षकलाई अखिल क्रान्तिकारीले गर्यो यस्तो कार्वाहि

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

४ पुस,झपा । जिल्लाको शैक्षिक संस्थाका संचालक तथा शिक्षकले अाफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्‍तिकारीले कालोमोसो दलेको छ । दमकमा संचालित गायत्री विद्य पिठका शिक्षक तथा संचालक गणेश प्रधानलाई मंगलबार अखिल क्रान्तिकारीले कालोमोसो दलेको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शैक्षिक संस्थाभित्र अनैतिक र अराजक कार्य गरेको भन्दै कालोमोसो दलेको अखिल क्रान्तिकारी झापाले जनाएको छ । अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिअनुसार झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत १४ वर्षीय कुसम निरौलामाथि शिक्षक प्रधानले अभद्र व्यवहार गर्नुको साथै मानसिक तथा शारिरिक यातना दिएका छन् । बालिकालाई शिक्षकले चरम शारीरिक यातना थिएका छन् ।

बालिकामाथि पटप पटक दुर्व्यवहार गर्नुको साथै मानिसक र शारीरिक यातना दिएका कारण चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारीले जनाएको छ ।

उक्त घटनाको बारेमा पीडित परिवारले दमकमा पत्रकार सम्मेलन गरेर घटनाको बिषयमा जानकारी गराएको थियो । यसअघि पनि बालिकामाथि पटक पटक दुर्व्यवहार हुँदै अाएको तर स्कूल प्रशासनले घटनालाई गोप्य राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ