प्रहरी निरीक्षकले गरे म्यादी प्रहरीलाई बलात्कार ! पुरुष नै बलात्कृत भएको खुलेपछि हंगामा

प्रहरी निरीक्षकले गरे म्यादी प्रहरीलाई बलात्कार ! पुरुष नै बलात्कृत भएको खुलेपछि हंगामा

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

४ पुस,भोजपुर । पछिल्लो समय पुरुष पनि बलात्कार हुने गरेको घटनाहरु सार्वजनिक हुनेगरेको छ । तर यस्तो घटना बिरलै हुन्छ ।

भोजपुर जिल्लामा पुरुषबाट पुरुष नै बलात्कृत भएको रहस्य खुलेको छ । त्यो पनि प्रहरी निरीक्षकले म्यादी प्रहरीका पुरुष जवानलाई बलात्कार गरेको खुलासा भएको हो ।

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई गाउँपालिकास्थित मानेभन्ज्याङ्ग प्रहरी चौकी इन्चार्ज प्रहरी नायव निरीक्षक राबहादुर यादवले पुरुष म्यादी प्रहरीलाई बलात्कार गरेका हुन् ।

ड्युटीमा रहेको म्यादी प्रहरीलाई ४७ वर्षीय यादवले गत मंसिर २१ गते राति बलात्कार गरेको बताइएको छ । पीडितका अनुसार बाथरुममा  बम राखेको हुन्छ भन्दै तर्साएर बलात्कार गरेका थिए । यादवले ती म्यादी प्रहरीलाई बाथरुममा लगेर बलात्कार गरेको खुलेसँगै हंगामा मच्चियोको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले यादवलाई जिल्लामा झिकाइएको जनाएको छ । उनीमाथि आवश्याक कारवाहीका लागि प्रक्रिया बढाइएको डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए । विभागीय कारवाही हुने बताउँदै यस्तो कुरालाई समाचार नबनाउन थारुले आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ