सशस्त्र प्रहरीद्वारा मुख्यालयमा भएको आगलागीबारे छानविन गर्नसमिति गठन

सशस्त्र प्रहरीद्वारा मुख्यालयमा भएको आगलागीबारे छानविन गर्नसमिति गठन

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं पुस ४ ।
राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयभित्र गएराति भएको आगलागीबारे अनुसन्धान गर्न ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

छानविन समिति एआईजी प्रेमकुमार शाहीको संयोजकत्वमा गठन गरिएकोसशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बताउनुभयो ।

आगलागीमा केही महत्वपूर्ण कागजपत्रहरु समेत जलेकाले घटना शंकास्पद रहेको उहाँको भनाई छ । गएराति साढे १ बजे मुख्यालय भित्र रहेको स्टोरमा आगलागी भएको थियो ।
आगलागी २ बटा दमकलको सहायतामा करिव १ घण्टामा नियन्त्रणमा आएको थियो ।
आगलागीवाट करिव २० लाखको क्षति भएको अनुमान गरिएको प्रवक्ता डिआइजी पाण्डेले बताउनुभयो । विद्युत् सर्ट भएर आगो लाग्नेको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ