एकतालाई सार्थक निष्कर्ष दिने प्रयास जारी : प्रचण्ड

एकतालाई सार्थक निष्कर्ष दिने प्रयास जारी : प्रचण्ड

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ४ पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने प्रयास भइरहेको बताउनु भएको छ ।

अध्यक्ष दाहाललाई भेट्न पुगेको युवा संघ नेपाल र वाइसिएल नेपालसँगको भेटमा अध्यक्ष दाहालले गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र आफुले गरेको सार्थक प्रयास जनताबाट अनुमोदित भएकोले त्यसलाई शीघ्र निष्कर्षमा पु¥याउँने प्रतिबद्धता जनाउनु भएको हो ।

जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उहाँले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरु रहेको भन्दै अध्यक्ष दाहालले एकाध वर्षमा नेपालको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाएर समाजवादी नेपाल युवाको जिम्मा लगाउने सोचमा हामी छौँ । त्यसका लागि युवाले एकपटक पहल गर्न जरुरी छ ।”

भेटमा युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैँ इच्छुक रहेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको भनाइ थियो ।

यस्तै, आजै विभिन्न बुद्धिजीवी तथा पेशाकर्मीले समेत वाम गठबन्धनलाई विजयी गराएको र जनताको अपेक्षा पूरा गरेको भन्दै अध्यक्ष दाहालको सम्मान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ