पार्टी एकता नगर्ने भन्दै महराको ‘नोट अफ डिसेन्ट’ : विरुद्धमा नबोल्न प्रचण्डले निर्देशन

पार्टी एकता नगर्ने भन्दै महराको ‘नोट अफ डिसेन्ट’ : विरुद्धमा नबोल्न प्रचण्डले निर्देशन

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

४ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले पार्टी एकताबारे असहमति जनाएका छन् । नेकपा एमालेसँ चुनावी तालमेल मात्रै भएको भन्दै पार्टी एकता जटिल हुने बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्दै महराले उक्त असहमति जाहेर गरेका हुन् । बैठकमा महराले पार्टी एकताको अाधार सैद्धान्तिक अाधार तयार नभएको बताउँदै हतार गर्न नहुने बताएको बताइएको छ । महराले केही दिनदेखि अहिलेकै अवस्थामा एमालेसँग एकता भए माओवादी केन्द्रको विलय हुने भन्दै केही नेताहरुसँग छलफल गरिरहेका छन् ।

बैठकमा महराको तर्कसँग असहमित जनाउँदै नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ लगायत नेताहरुले पार्टी एकता जनअनुमोदन भइसकेको बताए । उनीहरुले पार्टी एकतालाई अगाडि बढाउनु पर्ने तर्क गरेका थिए ।

पार्टी एकता र सरकार निर्माणबारे एमालेसँग गम्भीर छलफल भइरहको बताउँदै विरुद्धमा नबोल्न पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ