काठमाडौं , ३ पुस ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सहमतिकै आधारमा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता र सरकार गठन हुने बताउनु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता र सरकार गठनबारे दुबै पार्टीकाशीर्ष नेताहरुबीच आन्तरिक छलफल भईरहेको जानकारी दिनुभयो ।
एकता प्रक्रिया अन्तरगत अहिले संयोजन समिति निर्माण गर्ने प्रक्रियामा रहेको भन्दै नेता रावलले एकतागर्दा केन्द्र, प्रदेश, जिल्ला र स्थानीयतहका पार्टी कमिटिलाई समायोजन गरेर जाने पनि प्रष्ट्याउनु भयो ।
केपि ओली र प्रचण्ड दुबै नेतालाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिई सन्तुलनमा राखेर अघि बढ्ने भन्दै उहाँले अबको प्रधानमन्त्री भने ओली नै बन्ने सम्भावना बढी रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline