काठमाडौं ,३ पुस ।
नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
निर्वाचनपछि पहिलोपटक आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम गठबन्धन गरेर निर्वाचनमा गएका दुई पार्टीलाई जनाताले बहुमत दिएर अनुमोदन गरिसकेकोले पार्टी एकीकरणलाई अघि बढाउने बैठकले निर्णय गरेको उहाँले बताउनु भयो ।
त्यस्तै बैठकले राष्ट्रिय सभा गठन पक्रिया राष्ट्रिय मुद्दा भएकाले प्रमुख तीन दल बसेर राजनीतिक रुपमा समाधान गर्न पहल कदमी लिने निर्णय पनि गरेको छ।
बैठकले शान्तिपूर्ण रुपमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline