उपत्यकासहित तराई क्षेत्रमा हुस्सु, जनजीवन प्रभावित

उपत्यकासहित तराई क्षेत्रमा हुस्सु, जनजीवन प्रभावित

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकासहित तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण ‘भिजिबिलिटी’ ५० मिटरमात्र रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी पूर्वी, मध्य तथा पश्चिम तराईमा पनि बाक्लो हुस्सु लागेको छ । पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने पनि महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जनाकारी दिए ।

तराई क्षेत्रमा केही दिनदेखि हुस्सुका कारण जनजीवन प्रभावित हुँदै आएको छ । हुस्सुका कारण आलु, टमाटरजस्ता तरकारी बालीमा नोक्सान भइरहेको कृषकको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ